अस्पताल पुगे प्रधानमन्त्री ओली

  • 51
    Shares
0

काठमाडौं, १७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः अस्पताल गएका छन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन्। डायलाइसिस गर्नका लागि उनी अस्पताल गएका हुन्।

‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुभएको छ’ प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुनेछ।’

मिर्गौलामा पुन समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए। बुधबार र विहीवार डायलाइसिस गरिएपछि ओली विहीवार साँझ बालुवाटार फर्किएका थिए। शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराएका थिए ।

Comments
Loading...
You might also like