प्रधानन्यायाधीश गोगोईमाथि यौन दुव्र्यवहारको आरोप

ranjan-gogoi-chief-justic-india
लाेकपाटी न्यूज

काठमाडौं, ८ बैशाख। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी छन्।

३५ वर्षीया ती महिलाले सर्वोच्च अदालतमा २२ जना न्यायाधीश सबैलाई पत्र लेखी आफूलाई गोगोईले गतवर्ष अक्टोबरमा दुई पटक यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी हुन्।

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी छन्।

तर प्रधानन्यायाधीश गोगोईले भने आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप अविश्वसनीय रहेको जनाएका छन्।

उनले आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दुर्भावनाबाट यो प्रेरित अभिव्यक्ति मात्र भएको प्रतिक्रिया दिँदै आरोपको खण्डन गरेका छन्।

आफूमाथिको आरोप आधारहीन भएको र यसको पछाडि कुनै ठूलो शक्तिको हात हुनसक्ने उनले प्रतिक्रिया दिएका छन्। उनले न्यायपालिकाको स्वतन्त्रतामाथि यो खतराको संकेत भएको उनले बताएका छन्।(एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्