रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

Renu Dahal-Bidhyasundar Shakya
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर पुगेका छन्। शनिबार दिउँसाे शाक्य मेयर दाहाललाई भेट्न भरतपुर पुगेका हुन्।

भेटमा मेयरद्वय शाक्य र दाहालबीच महानगरकाे विकासका विविध पक्षमाथि छलफल भएकाे थियाे। भेटमा मेयर शाक्यले भरतपुरमा रेनुले राम्राे काम गरेकाे भन्दै आफू पनि अस्तव्यस्त काठमाडौंलाई व्यवस्थित बनाउन लागिपरेकाे बताएका थिए।

मेयर शाक्यले भरतपुरमा निर्माण हुन लागेकाे बहुउद्देश्यीय सिटी हलबारे चासाे राखेका थिए। शाक्यले आफूलेे काठमाडौंकाे पार्किङलाई व्यवस्थित बनाएर आयआर्जन गर्न लागेकाे जानकारी गराएका थिए। उनले आफू भरतपुर महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्न ईच्छुक रहेकाे बताएका थिए।

भेटमा भरतपुरकी मेयर दाहालले भरतपुरमा भइरहेका विकासका काम र गतिविधिबारे मेयर शाक्यलाई जानकारी गराएकी थिइन्। उनले स्मार्ट सिटीकाे लक्ष्य हासिल गर्न महानगर अग्रसर भइरहेकाे शाक्यलाई जानकारी गराएकी थिइन्।

भेटमा दाहाल र शाक्यबीच महानगरमा पूर्वाधार विकास, व्यवस्थित शहरकाे गुरुयाेजना, ठूला आयाेजना र सामाजिक कार्यक्रम, करकाे दर र दायरा, राजश्व वृद्धि, सामाजिक सुरक्षा लगायतका विषयमा छलफल भएकाे दाहालका स्वकीय सचिव गाेपालकृष्ण न्यौपानेले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्