आजको राशिफल

rasifal-5
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद यात्राको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मिक सन्तुष्टि मिल्नेछ। तिर्थाटनको योगछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। घरमा अतिथीको आगमन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ। अकस्मात् धन सम्पत्ति हात पर्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेममा मनमुटाव आउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्