ब्रिटीस सेनामा भर्ना खुल्यो

sena pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ वैशाख। नेपाली युवा वर्गमाझ निकै लोकप्रिय बनेको बेलायती गोर्खा सैनिकमा भर्ना खुलेको छ। बेलायती गोर्खा सैनिकमा भर्ना खुलेकोले इच्छुकले फर्म भर्न सक्नेछन्।

ब्रिटीस गोर्खाले यस वर्ष ४ सय ३२ जना नेपाली युवाहरुका लागि भर्ना खुला गरेको हो। आइतबार एक सूचना प्रकाशित गर्दे आवेदनका लागि अनुरोध गरिएको छ। भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन गरिएको छ।

साथै प्रकाशित सूचनामा ब्रिटिश सेनामा भर्ना हुनका लागि कुनै पनि शुल्क नलाग्ने र कसैको प्रलोभनमा परेर आर्थिक लेनदेनको काम नगर्न समेत स्पष्ट पारिएको छ। सेनामा भर्ती हुनका लागि कम्तिमा एसएलसीमा न्युनतम तेस्रो डिभिजन र नयाँ एसईईमा ३ सी र २ डी आवश्यक रहेको सूचनामा उल्लेख छ।

1111

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्