मृत्यु हुनेको संख्या ३१ पुग्यो, उपचारमा रगतकाे अभाव

bara
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत। आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। ५ सय भन्दा बढी घाइते भएका छन्।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बाराले जनाएको छ। ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन्।

धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन् ।

अस्पताललाई एकैपटक धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ। प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्