बारा अपडेट: घाइते ५ जनालाई काठमाडौं ल्याइयो

Injurd
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ चैत । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीबाट घाइते बनेका ५ जनालाई काठमाडौं ल्याइएको छ । बारामा उपचार सम्भव नभएको हुँदा पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

त्यसैगरी १०० भन्दा बढी घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरू अस्पताल आउने क्रम जारी रहेको बताएका छन् । हिजो राति उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मी पुग्न नसकेका स्थानमा बिहानै चिकित्सकसहितको टोली गाउँमा पठाइएको जानकारी दिए ।

अहिले पनि विभिन्न स्थानमा ७० भन्दा बढी घाइते रहेको अनुमान रहेको उनले बताए । अस्पतालमा आउने घाइतेमध्ये धेरैलाई टाउकोमा चोट लागेको छ भने हात भाँचिएका, घरले च्याचेर जस्ताले शरीरका विभिन्न अंग काटिएका अवस्थामा घाइते अस्पताल ल्याइएका छन्। सबै उमेर समूहका घाइते भए पनि धेरै संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्