पत्रकार अधिकारी रिहा

Rajendra adhikari
लाेकपाटी न्यूज

कास्की, १८ चैत।  समाचार सङ्कलनको क्रममा सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन्।

प्रहरीले नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभाषद् अधिकारीलाई सोमबार बिहान साँढे ६ बजे पक्राउ गरी साँढे दश बजे रिहा गरेको हो ।

उनी पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पस गेटबाट पक्राउ परेका थिए।उनलाई महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतका सञ्चारकर्मीको रोहबरमा रिहा गरिएकाे हाे । 

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले आफ्ना नेतालाई सरकारले पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई प्रदर्शनस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयले अधिकारीसँग केही कुरा बुझ्नु परेकाले कार्यालयमा ल्याइएको र आवश्यक सोधपुछ पश्चात महासङ्घका अध्यक्ष श्रेष्ठको जिम्मामा छाडिएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्