मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारामा

Fullscreen_capture_040119_124335_PM_9GvjnIkpmB
लाेकपाटी न्यूज

ललितपुर, १८ चैत । गए राति बारामा आएको भिषण हावाहुरीका कारण हताहति भएकाहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुगको छ । हावा हुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति भएको जनाइएको छ ।

हावा हुरीबाट घाइते भएकाको उपचारमा सहयोगका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली औषधी र उपकरणसहित बारा पुगेको हो ।

बिनाशकारी हावा हुरीका कारण २७ जनाको मृत्यु भइसकेको छ भने ४ सय व्यक्तिहरु घाइते भएको जानकारी पाइएको छ।

बिरामीहरुलाई आवश्यक सहयोगको लागि भन्दै अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि बारा पुगेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्