यी हुन् हावाहुरीमा मृत्यु हुने २७ नेपाली (नामसहित)

treatment
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउनेको सूची सार्वजनिक भएको छ । सोमबार गृह मन्त्राललले उक्त घटनामा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो ।

मृत्यु हुनेमा ५ बालबालिका, १० महिला छन् भने अन्य १२ पुरुष रहेका छन् । जसमध्ये हरिनारायण दास, मनोरमा देवी, रुनी देवी, अक्षयलाल माझी, नन्द पटुल, रुवी खातुन, गढिमा देवी, हितलाल सहनी, बिबिमा खातुन, मुस्तकिमा खातुन, मिना खातुन, नाक्सारा मिया, राम माझी, सुरज माझी, राजेश मुखिया, अवधेस पासवान, राधे लोडी, तारिफ खातुन, अलिसा खातुन, सकिया खातुन, सम्सिधा खातुन, कोइरी देवी, श्रीप्रसाद यादव, सवनम खातुन र सरोज राम रहेका छन् ।

बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुने २७ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सबैको सनाखत भएको छ भने साथै ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्