प्रकृति पनि मधेसको दुश्मन, पाँच मिनेटमै बस्ती सखाप

hawahuri
लाेकपाटी न्यूज

नीरज पिठाकोटे

वीरगञ्ज, १८ चैत । मधेसका लागि प्रकृतिक प्राकोप पनि दुश्मन बनेको छ । वर्षादमा बाढी र डुबानले पीडित हुने गरेको मधेसका जनता आइतबार साँझ आएको तीब्र गतिको हावाहुरीले वितण्डा मच्चाउँदा पाँच मिनेटमा बस्ती सखाप बनाएको छ ।

आइतबार साँझ करिब सातबजे तिर आएको तीब्रगतिको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ ।हावाहुरीले घर, ढाल्दा बारा र पर्सामा गरी अहिले सम्म ३१ जनाले ज्यान गुमाएका छन् । करिब चारसय जना घाईते भएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पर्सामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जमहानगरपालिका वडा नम्बर १८ का १६ बर्षीय सरोज राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

पर्सामा भन्दा बारामा बढी क्षति पुर्याएको छ । बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर १८, फेटागाउँपालिकाको वडा नम्बर १ पुरैनिया, भरवलिया, र प्रसौनी गाउँपालिकाको भुलही र खुटुवा जब्दी, बढी प्रभावित भएका छन् । परवानीपुर गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीका कारण मृत्यु हुनेमा बढी पुरैनियाको रहेको जनाएको छ । बाराको भरवलियाकी मोतिसरीदेवी, रुनीदेवी र हरि दासको पहिचान भएको छ ।

त्यस्तै एकजना ७० बर्षीया वृद्धालाई १२ घण्टापछि जीवितै उद्दार गरिएको छ । उनको नाम भने खुल्न सकेको छैन । प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्दारका कामहरु भईरहेको छ । राहत सामग्री लिएर जनप्रतिनिधिहरु प्रभावित क्षेत्रका पीडितको घरमा पुगेका छन् ।

उपराष्ट्रपति पुत्र पुनद्वारा रक्तदान तथा राहत वितरण

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन राहत सामग्री लिएर सबैभन्दा पहिले प्रभावित क्षेत्रमा पुगेका छन् ।आइतबार राति नै घटनाको जानकारी पाएपछि काठमाडौंबाट गाडी चढेर आएका उपराष्ट्रपति पुत्र पुनले वीरगन्जको नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि रक्तदान गरेर प्रभावित क्षेत्रमा पुगेका थिए ।

उनले त्यहाँ रहेका पीडितहरुलाई राहत वितरण गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका पुनले पीडितहरुलाई चाऊचाऊ, विस्कुट, दालमोठ, पानी लगायतको राहत वितरण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुवैर आलमले जानकारी दिए । उनी अहिले पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्