घाइतेको चाप धेरै हुदाँ भुइँमै राखेर उपचार

Bara
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं,१८ चैत। आइतबार राति असिनापानीसँगै आएको आँधीले बारा र पर्साका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु‍र्‍याउँदा ठूलो संख्यामा मानवीय हताहती भएको छ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा ठूलो मानवीय क्षति भएको हो। झन्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घरहरु भत्किएका छन्। सयौं कच्ची घरका छानाहरु आँधीले उडाएको छ।

हावाहुरीले बाराको भरवलीया, भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा ठूलो जनधनको क्षति पुगेको छ। घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी,सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएको थियो।

घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्