पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने राजपाकाे घोषणा

Rajendra-Mahato
लाेकपाटी न्यूज
0 Shares

काठमाडौ, १८ चैत । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार राती पूर्वी तराईका केही जिल्लामा आएको हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन्। राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ ।

प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।

आइतबार राती पूवी तराईका बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्