बालउद्यान आयस्रोतको बलियो सम्भावना

20190331_155547
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, १८ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर १ सोमनाथमा नगरपालिकास्तरीय बाल उद्यान बनेको छ । करिब १५÷१६ वर्ष पहिले खालि जमिनमा सोमनाथबासीहरुको प्रयासमा जमिनलाई तारबार गरी ग्रीन पार्कको नामकरण गरेको जमिनमा अहिले नगरपालिका स्तरीय बालउद्यान बनेको हो ।

नगरपालिकाको सहयोगमा निर्माण भएको बालउद्यान क्षेत्रमा बालबालिकाको लागी खेल्ने ठाँउ, र सोहीअनुसारको संरचनाहरुसमेत निर्माण गरिएको छ । करिब १ करोड बढिको लगानीमा निर्माणाधिन अवस्थामै रहेको बालउद्यानमा अहिले प्रायः बालबालिकाहरु रमाइरहेका हुन्छन् । बालउद्यानमा अहिले ट्रष्ट, बालबालिकाहरुको लागी पिङ, चिपलेटी, बस्ने बेन्च र मर्निङवाकको लागी करिब ७०० मिटर बाटो, साथै प्रस्तावित ३ तले पक्की भवनमा एक तलाको काम सम्पन्न भैसकेको बालउद्यान निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले बताए।

बालउद्यानसँगै रहेको शिव र दुर्गाको मन्दिरको कारणले वृद्धवृद्धा साथै बालबालिकाहरु र यस क्षेत्र आसपासका विद्यालयका नानिबाबुहरुसमेत बाल उद्यानमा आउने र खेल्ने गरेको निर्माण समितिका उपाध्यक्ष होमनाथ लामिछानेकोको भनाइ छ ।

बालउद्यान भएसँगै बालकदेखि वृद्धवृद्धाहरुसम्मकालाई यसले प्रत्यक्ष फाइदा भएको बताउँदै पिकनिक स्र्पोटहरु समेत खुलेकाले टाडा जानु पर्ने बाध्यता हटेको बालउद्यान पार्कमा घुम्न आएकी किशोरी बविता उपाध्याय बताउँछिन् ।

बालउद्यानसँगै रहेको शिव मन्दिर, दुर्गा मन्दिरले उक्त ठाँउलाई झन मनमोहक बनाएको छ। जसले गर्दा धार्मिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरुका साथै विवाहसमेत बालउद्यानको ट्रष्टमा भैरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्