नेकपाका सबै सांसदले १ दिनको तलब राहतमा दिने

Nekapa Party office
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले बारा र पर्सा जिल्लामा आएको आँधीहुरीका प्रभावितलाई १ दिनको तलब दिने घोषणा गरेका छन् ।

आइतवार राति बारा र पर्सा जिल्लामा आएको आँधीहुरीका प्रभावितलाई राहत पुर्याउन सत्तारुढ नेकपाका सांसदले १ दिनको तलब दिने घोषणा गरेका हुन् । विपद्मा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचार र पुनस्र्थापनाका लागि उनीहरुले राहत प्रदान गर्ने भएका हुन् ।

नेकपाको संघीय संसदीय दलको कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेकपाका संघीय दलका पदाधिकारी तथा सम्पूर्ण सांसदको तर्फबाट १ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको उल्लेख छ ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्को घटनाप्रति दुःख व्यक्त गरिएको छ । विज्ञप्तिमा राहत, क्षतिपूर्ति र व्यवस्थापनका लागि यथाशीघ्र काम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्