दैलेख,१९ चैत। सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।
सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो। हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते भएका छन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाका अनुसार हावाहुरीले दैलेखको एक विद्यालयको छाना उडाएको पनि मानवीय क्षति नभएकोे बताए।