हवाई क्षेत्रकी ‘आइरन लेडी’ फिलेवाको मृत्यु

natalia-fileba
लाेकपाटी न्यूज

काठमाडौं। रुसकी चौथी धनी महिलाको विमान दुर्घटनामा मृत्यु भएको छ। रुसी विमान उद्योगकी आइरन लेडी भनेर परिचित नतालिया फिलेवाको दुर्घटनामा मृत्यु भएको हो।

५५ वर्ष फिलेवाको दक्षिण–पश्चिम जर्मनीस्थित एलेजबस शहर नजिकै दुर्घटनामा मृत्यु भएको हो। ६ सिटे विमानमा पाइलटसहित नतालिया र उनका बाबु पनि संगै थिए। दुर्घटनामा तीन जनाकै मृत्यु भएको छ।

नतालिया र उनका श्रीमान व्लादिस्लाव फिलेवा एस ७ एयरलाइन्सका सहमालिक थिए। नतालियाको सम्पत्ति ६० करोड अमेरिकी डलर रहेको थियो। उनीहरुकी एक जना धर्मीपुत्री पनि छिन्।

रुसी हवाई क्षेत्रमा यात्रुहरुको सुविधा र सुरक्षा बढाउन जोड दिने नतालियालाई सोही कारण नै आइरन लेडी भनिन्थ्यो। नतालियाले आफ्ना बाबुलाई उपचारका लागि फ्रान्सबाट जर्मनी लैजाँदै गर्दा उक्त दर्घटना भएको हो।

एस ७ लाई साइबेरिया एयरलाइन्स पनि भनिन्छ। रुसको दोस्रो ठूलो विमान कम्पनीका ९६ विमान छन्। यसले २६ देशका १८१ शहरमा सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्