बारा, १८चैत। प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन्। उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन्।
कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे। उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन्।
उनले भने,केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएको छ, त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु, घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए।