उपप्रधानमन्त्री पोखरेल स्वदेश फिर्ता, अमेरिकामा नेपालबारे के भने ?

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्र संघद्वारा अमेरिकामा आयोजित शान्ति सेनासम्बन्धि मन्त्रीस्तरीय बैठकमा सहभागी भई स्वदेश फर्किएका छन् ।

उपप्रधानमन्त्री पोखरेल अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघद्वारा आयोजित शान्ति सेनासम्बन्धि मन्त्रीस्तरीय बैठकमा सहभागी भई मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले शान्ति स्थापना कार्यका लागि १० हजारसम्म नेपाली सुरक्षाकर्मी परिचालन गर्ने नेपालको योजनाबारे संयुक्त राष्ट्र संघलाई जानकारी गराइएको बताए । उनले शान्ति स्थापनाको नेतृत्वदायी भूमिकामा नेपाली सेनालाई राख्न पनि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग आग्रह गरिएको बताए ।

उपप्रधानमन्त्री पोखरेलले बैठकका क्रममा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस, उपमहासचिव अतुल खरेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी नेपाली सेनाले संकटग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि र्पुयाएको योगदानका विषयमा छलफल गरेका थिए ।

उनले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपाली सेनाले संकटग्रस्त क्षेत्रमा र्पुयाएको योगदानको प्रशंसा पनि गरेको जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले अमेरिका बसाइको क्रममा त्यहाँस्थित नेपाली समुदायसँग पनि छलफल गरेको जानकारी दिए । हालसम्म संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १ लाख ४० हजार नेपाली सेना परिचालन भइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्