एसईई प्रश्नपत्र प्रहरीबाटै ‘आउट’

police
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत। मध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ। यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेको समाचार कान्तिपुर दैनिकमा छ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेको थिए। दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सिआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्