भोट माग्न भारतीय उम्मेदवार सीमामा : कति छन् नेपालमा मतदाता ?

bharat
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं,२० चैत। भारतमा आसन्न लोकसभा निर्वाचनको चहलपहल बढेको छ। चुनावी चहलपहल बढेसँगै सीमा क्षेत्रका उम्मेदवारहरु भोट माग्नका लागि नेपालमा समेत आउने गरेको भारतीय संचारमाध्यमले खुलासा गरेका छन्।

भोट माग्नका लागि उत्तर प्रदेश राज्यका सीमावर्ती जिल्लाका उम्मेदवारहरु सीमा छेउका नेपाली जिल्लाहरुमा आउने गरेका छन्। भारतका हजारौं मतदाताको नेपालमा घरबार, व्यापार व्यवसाय रहेको र उनीहरु परिवारसहित नेपालमै बसोबास गर्दै आएको बताउँदै त्यस्ता मतदाता मतदानको केही दिनअघि मात्र भारतमा जाने भएकाले मत माग्नका लागि नेपालमै आउनुपर्ने बाध्यता रहेको छ।

उत्तर प्रदेशको महाराजगञ्ज, सिद्धार्थनगर, गोरखपुरलगायतका स्थानका भारतीय नागरिकमध्ये कयौंको दोहोरो नागरिकता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। व्यापार र राेजगारीका क्रममा नेपालका  विभिन्न जिल्लामा भारतका लाखाैं मतदाता रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्