कति छ बुधबार सुनको मूल्य ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भयो । यस्तै सोमबार तेजावी सुन ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमै कारोबार भएको थियो । बुधबार पनि यहि मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै मंगलबार बजारमा चाँदीको मुल्य पनि घटेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्