बारमा लोकतान्त्रिक समूहकै अग्रता, कसको मत कति ?

nepal-bar-association election
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशिल समूहबीच तीब्र प्रतिस्प्रधा भइरहेको छ ।

निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको हो । मतगणनामा लोकतान्त्रिक समूहको अग्रता कायमै छ । निर्वाचन समितिका अनुसार लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले १ हजार ५ सय ६६ मत पाएका छन् भने प्रगतिशिल समूहका अध्यक्षका प्रतिस्पर्धी चण्डेश्वर श्रेष्ठले १ हजार ४ सय ३४ मत ल्याएका छन् ।

महासचिवमा लोकतान्त्रिकका लीलामणि पौडेलले १ हजार ५ सय ७१ र प्रगतिशिलका सुरेन्द्रबहादुर थापाले १ हजार ३ सय ७१ मत पाएका छन् । अहिले काठमाडौँ उत्पत्यका बाहिरको मतगणना भइरहेको छ । शनिबार भएको मतदानमा देशभर रहेका बारका १० हजार ३ सय १३ मतदाता मध्ये ८ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए ।