विद्यालय बसको ठक्करबाट बालिकाको मृत्यु

लाेकपाटी न्यूज

परासी, २० चैत । सुनवल नगरपालिका वडा नं. २ बत्रौलीमा आज विहान विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।

बत्रौली चोक नजिकै भित्री सडक खण्डमा विहान साढे नौ बजे लुम्बिनी माध्यमिक विद्यालय सुनवलको लु. १ क २७९३ नम्बरको बसले स्थानीय रमाकान्त खनालकी दुई वर्षीय छोरी आर्या खनाललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते आर्यालाई उपचारका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी ल्याएकोमा अस्पतालले मृत्त घोषणा गरेको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । विद्यार्थी चढाउँदै आएको उक्त बसले बालिकालाई ठक्कर दिएको थियो ।