राज्यका अङ्गलाई विवादमा ल्याउने काम भयो : राष्ट्रपति

bidhyadevi bhandari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं,  २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्। बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी हुन्।

‘ केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु हुँदै आएका छन,यसबाट न्यायपालिका पनि अछुतो छैन,’ राष्ट्रपति भण्डारीले भनिन्। कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उनले बताइन्।

पछिल्लो समय हेलिकोप्टर खरिद र नेपाल प्रहरीले तालिम केन्द्रलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई लिएर राष्ट्रपतिकै आलोचना भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्