काठमाडौं। मोटोपन र दुब्लोपन दुवै शरीरका लागि हानिकारक हुन्छ। तर, कसलाई मोटो भन्ने, कसलाई दुब्लो भन्ने ? त्यसमा हामी प्रायः अन्दाजका भरमा कुरा गर्छौं। कति तौल शरीरका लागि आवश्यक हुन्छ ? यसबारे भने कमैले बुझ्ने गरेका छन्।
स्वस्थ शरीरका लागि शरीरको उचाइ र तौलबीच सन्तुलन चाहिन्छ। कति उचाइको मानिसको तौल कति हुनुपर्छ ? यसका आधारमा नै मानिसको मोटोपन वा दुब्लोपन नापिन्छ। यसका साथै मांशपेसी, बोसो अनुपात, उचाई, लिङ्ग र हाडको घनत्वका आधारमा पनि यसको मूल्याङ्कन गर्न सकिन्छ।
उमेरअनुसार पनि शरीरको तौलमा तलमाथि हुन्छ। त्यसैगरि महिला र पुरुषको शरीरको तौल पनि फरफरक नै हुन्छ। तौल जाँच्ने एक मात्र राम्रो माध्यम हो, तौल र उचाइको सन्तुलन। यहाँ हामीले कति अग्लो मान्छेको तौल कति हुनुपर्छ ? त्यसको अनुपात प्रस्तुत गरेका छौं।
उचाइअनुसार शरीरको तौल यस प्रकार हुनुपर्छः