नेपालकाे दुखमा श्रीलंकाली प्रधानमन्त्रीकाे साथ

srilankan prime minister
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ चैत। श्रीलंकाले गएको आइतबार नेपालको बारा र पर्सा जिल्लामा आएको आँधिका कारण ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेको छ।

श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंगेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाएर सो दुःख व्यक्त गरेका हुन्। उनले पत्रमा नेपाललाई परेको यो दुखका क्रममा आफू र श्रीलंकाका जनता साथमा रहेको समेत उल्लेख गरेका छन्।

नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले २९ जनाको मृत्यु भयो भने ७ सय भन्दा बढि घाइते भए। विनाशकारी हुरीबतासका कारण पीडितहरू रातभर खुला आकाश मुनि बस्न बाध्य छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्