काठमाडौं, २१ चैत । बजारमा तरकारीको भाउमा हरेक दिन घटबढ पाइन्छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक हेर्दा औसत तरकारीको मूल्य बढेको नै देखिन्छ । यस्तो छ बिहीबारको तरकारी भाउ:
कालिमाटी तरकारी थोक बजारमा बिहीबार मटरकोशाको भाउ महङ्गीएको छ । समितिका अनुसार बुधबार ४० देखि ४५ रुपैया किलोमा बिक्री भएको मटरकोसाको ४५ देखि ५० रुपैयामा बिक्रि भइरहको छ । ठूलो गोलभेडा पनि ४५ देखि ५० रुपैया किलोमा बिक्रि भइरहेको छ ।
यस्तै सानो गोलभेडा ४० देखि ४५, रातो आलु २१ देखि २३, सुकेको प्याज २२ देखि २५, गाँजर २० देखि २५, भेन्टा ३० देखि ३५ र बोडी ९० देखि ९५ रुपैया किलोमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तिते करेला ७५ देखि ८०, लौका ३५ देखि ४०, भिण्डी ९५ देखि १०० र पिडालु ४५ देखि ५० रुपैया किलोमा बिक्री भइरहेकोे छ ।