गाँजाबाट के-के उत्पादन, कुन-कुन औषधि बन्छ ?

gaja
लाेकपाटी न्यूज

अमेरिका,२१ चैत। विकसित मुलुकहरूमा गाँजाको प्रयोगबाट थुप्रै घरायसी सामग्री बनाउन थालिएको छ। गाँजा खुला गर्ने लहर चलेका बेला यसमा पाइने रसायन स्याम्पू, कफी, शरीरमा लगाउने तेल लगायत साम्रगी प्रयोगमा ल्याउन थालिएको छ।

सिबिडी (क्यानाबिडिओल) भनिने यो रसायन गम्मी बियर्स (एक प्रकारको चकलेट) देखि कुकुरहरूको खानामा समेत प्रयोग हुन्छ। पछिल्लो समय अमेरिकी बजारमा कफी पसल, कृषि बजारदेखि डिपार्टमेन्ट स्टोरहरूमा समेत यो रसायन बिक्री हुन्छ। कानुनी रूपमा गाँजा बिक्री गर्ने केन्द्रहरूमा पनि पाइन्छ।

सिबिडी रातारात फैलिएको हो, क्यालिफोर्नियास्थित गाँजा अनुसन्धान तथा लगानी फर्म द आर्कभ्यु ग्रुपका प्रमुख कार्यकारी ट्रोय डेटनले भने,गाँजासँग सम्बन्धित हरेक क्षेत्रमा यो नयाँ आकर्षण बनेको छ। उत्पादक, उपयोगकर्ता र विशेषगरी उद्यमीहरूले रूचाइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा एक कृषिसम्बन्धी कानुन पास गरेका थिए। त्यसमा गाँजाबारे पनि उल्लेख छ। त्यो कानुनले सिबिडीको मात्रा धेरै भएका गाँजा उत्पादन वैधानिक गरेको थियो। यसले सिबिडिको बजार ह्वात्तै बढ्यो।

संसारमा गाँजाका मुख्य दुई प्रजातिको खेती हुँदै आएको छ। एउटामा टिएचसी (टेट्राहाइड्रोक्यानाबाइनोल) उच्च हुन्छ। यसको सेवनले मान्छेलाई झुम्म बनाउँछ। मुख्यतया गाँजा खाने र औषधि बनाउने भनेको यही प्रजातिको हो।

अर्को प्रजातिको गाँजामा सिबिडी बढी हुन्छ। यो रसायनले मान्छेलाई धेरै झुम्म बनाउँदैन्। विशेषगरी यो प्रजातिको गाँजा शारीरिक दुखाइ र तनाव कम गर्न सहयोगी मानिन्छ। सिबिडीको बजार आकासिँदै गए पनि खाद्य तथा औषधि प्रशासनले यसको व्यापारीकरणबारे कुनै निर्णय गरिसकेको छैन्। सिबिडी मिसिएका उत्पादन बजारमा कसरी नियमन गर्ने भन्नेबारे कुनै टुंगो लागेको छैन्।

बु्रकिङ्स संस्थालाई हालै दिएको एक अन्तर्वार्तामा खाद्य प्रशासनका अधिकारी स्कट गोटलिवले नियमनको निम्ति सबै प्रक्रिया सकिन केही वर्ष लाग्ने बताएका छन्। उनका अनुसार सिबिडी मिसिएका उत्पादनलाई पूर्ण रूपमा कानुनी मान्यता दिन अनुसन्धान बाँकी छ। खाद्य तथा कस्मेटिक उत्पादनमा भने सिबिडी मिश्रणबारे कुनै अनुसन्धान नै नभएको होइन्।

गत वर्ष खाद्य प्रशासनले नै सिबिडी मिसिएको औषधिलाई मान्यता दिएको थियो। यसले इपिलेप्सीु नामको रोग कम गर्न मद्दत पुर्याउने पुष्टि भएको थियो। त्यसपछि भने अरू कुनै औषधिले मान्यता पाएको छैन्।

गाँजा अनुसन्धाता फर्म द आर्कभ्यु गु्रपका प्रमुख कार्यकारी डेटन पनि यसमा अझै अनुसन्धान हुनुपर्ने मान्यता राख्छन्। सिबिडी मिश्रित उत्पादनहरूको निश्चित मापदण्ड र गुणस्तर कायम हुनुपर्ने उनी बताउँछन्। यी उत्पादन कति सेवन गर्ने भन्नेबारे पनि यथेष्ट अनुसन्धान नभएको उनको भनाइ छ।

यो जति उत्साहजनक हुँदै गएको छ, चुनौती पनि बढ्दै छ, उनी भन्छन, ुमापदण्ड कायम गर्न परीक्षण एकदमै जरूरी छ। नभए सिबिडीको प्रभाव हल्ला र चर्चामा मात्र सीमित हुन्छ। यिनको वास्तविक प्रभावकारिता थाहा हुँदैन्। यसले हल्ला र वास्तविकताबीच फरक छुट्याउनै मुश्किल हुँदै जान्छ।

अनुसन्धानका अतिरिक्त यससम्बन्धी व्यवसाय गर्नेलाई बैंकको सहयोग पाउन मुश्किल भएको पनि इभान एनम्यान बताउँछन्। इभान गाँजा उद्योगका निम्ति वित्तीय र करबारे सल्लाह दिने कम्पनी एमजिओरइएलएलओ नेसनल क्यानाबिज अलाइन्सु का प्रमुख कार्यकारी हुन्।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्