बारमा प्रगतिशील समूहको झिनो आशा

nepal-bar
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । नेपाल बार एसाेसिएसनको नयाँ नेतृत्वको लागि नेकपा समर्थित प्रगतिशील पेशागत समूहले झिनो मतले मात्र अग्रता लिइरहेको छ।

नेतृत्वका लागि प्रगतिशील पेशागत समूह र कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । करीब १३ सय मत गन्न बाँकी रहँदा अध्यक्षमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ ५३ मतले मात्र अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मतका साथ पछ्याइरहेका छन् ।

महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता कायमै रहेको छ । उच्च अदालत बार पाटन र काठमाडौं बारको मतगणना सकिएपछि आजै साँझसम्म अन्तिम परिणाम आउने सम्भावना रहेकाे छ ।