सवारीसाधनको सडक उपभोग दस्तुरमा वृद्धि

gadi-3
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । सरकारले सवारीसाधनको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । सरकारले साविकको दस्तुरलाई १५ देखि ३० प्रतिशत वृद्धि गर्दै नयाँ दररेट तोकेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही दिनअघि बसेको मन्त्रिषरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

जसअनुसार हेटाैंडा सडक खण्डमा हेभी सवारीलाई १३०, कार, जिपलाई ६० र मोटरसाइकल, तीनपाङ्ग्रेलाई ४० रुपैयाँ कायम गरिएको छ । यस्तै दमक–इटहरीका सडकमा क्रमशः १२५, ५० र १० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै बिराटनगर–धरान सडकमा हेभी सवारीलाई ७०, कार, जिपलाई २५ र मोटरसाइकल तथा तीन पाङ्ग्रेलाई १० रुपैयाँ दस्तुर तोकिएको छ भने काँकडभिट्टा–दमकको सडकमा क्रमशः ७५, ३०, १० रुपैयाँ तोकिएको छ। हेटौंडा–वीरगञ्जमा ८५, ५० र १० रुपैयाँ दस्तुर कायम गरिएको छ भने वीरगञ्ज–पथलैयामा ५०, २० र १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै धुलिखेल–खुर्कोटमा ११५, ५० र १५ रुपैयाँ र पाँचखाल–मेलम्चीमा क्रमशः ५०, १५ र ५ रुपैयाँ दस्तुर तोकिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्