काठमाडौं, २१ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना भारतीय नागरिक भएको बताइएको छ। अहिले उनीहरुको परिचय भने खुलाइएको छैन ।
पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमूख एसएसपी सन्दिप भण्डारीले बताए।
उनकाअनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । उनले भने, ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं। जाँच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ ।’
उनले परीक्षणपछि मात्रै थप प्रष्ट हुने बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ ।