चलचित्र ‘मेड इन नेपाल’ युट्युबबाटै रिलिज

american 01
लाेकपाटी न्यूज

काठमाडौं। नायिका नन्दिता केसीको पछिल्लो चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ सार्वजनिक गरिएको छ।

अमेरिकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूट्युवमा रिलिज गरिएको हो।

चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपालको अफिसियल यूट्युव च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए।

ड्रिम्स गेट नेपालको ब्यानरमा निर्माण गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालले लगानीको ८० प्रतिशत यूएसए र क्यानडाबाट उठाइसकेको छ।

बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ, मञ्जु राना र सम्झना उप्रेतीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्