आलिया र रणबीरले गोप्य इन्गेजमेन्ट गरेको खुलासा

Alia-Ranbir
लाेकपाटी न्यूज

मुम्बई । बलिउड अभिनेता रणबीर कपूर र आलिया भट्टले गोप्य रुपमा इन्गेजमेन्ट गरेका छन् । उनीहरुले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला निकै चर्चामा छ ।

आलिया र रणबीरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबीर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चाले यतिबेला बजार तातेको छ । रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणबीरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ । आलिया र रणबीरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।

यस विषयमा आलिया र रणबीर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबीरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् । ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि रहेको छ ।

आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबीर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् । यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्