काठमाडौं । रामायणमा गोस्वामी तुलसीदासले धेरै ज्ञानका कुराहरु बताएका छन्। जस्लाई जीवनमा लागु गरे जीवन सरल हुन्छ। यस्तै एक ज्ञानको कुरा अप्ठ्यारो समयमा कसरी अगडी बढने।
अप्ठ्यारो तथा समस्याको कसरी सामना गर्ने। तुलसीदासको यो ज्ञानकोे सहयोगले हरेक मानिसले जति सुकै अप्ठ्यारो समयको सामना गर्न सक्छन्। तुल्सीदासले भनेका छन् विपत्ति तथा अप्ठ्यारो समयमा यो गुणले मानिसलाई साथ दिन्छ । १ ज्ञान २, विनम्रता पुर्वक व्यवहार ३, विवेक ४, साहस ५, राम्रो कर्म ६ सत्य बोल्नु ७, भगवानमा आस्था ।
ज्ञान
ज्ञान अर्थात तपाइँको पढाइर्, शिक्षा र जीवनको अनुभव ? यदि तपाइँ कुनै समस्यामा हुनुहुन्छ भने ज्ञानको माध्यमबाट तपाइँ त्यो समस्याको समाधान पकै पनि निकाल्न सक्नुहुन्छ ।
विनम्रता
यदि तपाइँको स्वभाव विनम्र छ भने तपाइँ सबैसंग प्रेम र अपनत्वका साथ कुरा गर्नु हुन्छ। यो गुणले तपाइँलाई कुनै पनि समस्याबाट बचाउन सक्छ।
विवेक
विवेक अर्थात बुद्धि, जस्ले तपाइँलाई सही निर्णय लिने क्षमता प्रदन गरेको हुन्छ। यो गुणले तपाइँ अप्ठ्यारोलाई पहिला नै अनुमान गर्न सक्नु हुन्छ र त्यसलाई निराकरण गर्न सक्नु हुन्छ।
साहस
यो गुणले तपाई समस्यामा हुनुहुन्छ भने त्यो समस्यासंग लडन सहयोग गर्दछ। साहासको भरमा नै तपाइँ ठुलो भन्दा ठुलो समस्याको सामना सजिलै संग गर्न सक्नुहुने छ।
राम्रो काम
यदि तपाइँ असल मानिस हुनुहुन्छ भने तपाइँले कहिले पनि कसैको नराम्रो चितउनु भएको छैन्। सधै राम्रो काम गर्नु भएको छ भने यसको फलस्वरुप पनि तपाइँ समस्या बाट मुक्ति पाउन सक्नुहुन्छ।
सधै सत्य बोल्ने
साचो बोल्ने स्वभावले तपाइँलाई सहज र नराम्रो अवस्थाबाट बचाउछ। तपाइँको यो गुणले तपाईलाई धेरै समस्याहरुबाट छुटकारा पनि दिन्छ।
भगवानमा आस्था
यदि तपाइँ कुनै यस्तो विपत्तिमा पर्नुभएको छ जहाँबाट निस्कीन गाह्रो छ भने भगवान प्रतिको तपाइँको आस्थाले हरेक संकट बाट छुटकारा पाउन सक्नु हुनेछ।