राष्ट्रिय प्रकोप घोषणा

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

सोल,२२ चैत। दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ। देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा भीषण डढेलो लागेपछि सरकारले राष्ट्रिय प्रकोपको घोषणा गरेको हाे ।

उक्त शहरमा लागेको भीषण डढेलोमा एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए ।राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति आगलागी भएको थियो।

डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ। प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन्। प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए।

उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन्।
कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्