यी हुन् समलिङ्गी जाेडीलाई मृत्युदण्ड दिने आठ देश

Equal gender
लाेकपाटी न्यूज

काठमाडौं । अझै पनि हाम्रो समाजमा समलिङ्गीलाई हेर्ने दृष्टिकोण भीन्न रहेको छ । उनीहरुलाई समाजमा फरक दृष्टिकोणले हेरीन्छ । नेपालमा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिइए पनि समाजले पूर्ण रुपमा स्विकार गरेको पाइदैन ।

विश्वमा अझैपनि यस्ता थुप्रै देशहरु छन, जहाँ समलिङ्गी विवाहलाई कानूनले नै मान्यता दिएको छैन । कतीपय देशहरुमा समलिङ्गीलाई मृत्युदण्ड नै दिइन्छ । बु्रनाईमा समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मार्ने कानुन लागु गरेर समलैङ्गिकतामा मृत्युदण्ड सजाय दिने आठौँ देश बनेको छ । यस्तो कानुन भएको अन्य देश इरान, साउदी अरब, यमन, सुडान, मौरिटानिया, नाइजेरिया र सोमालिया हुन्।

नाइजेरिया र सोमालियाका केही प्रान्तमा समलिङ्गीलाई मृत्युदण्डको सजाय भएको अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स र इन्टर्सेक्स सङ्घ आईएलजीएले जनाएको छ । कुनकुन देशले समलिङ्गीलाई मृत्युदण्ड दियो भन्ने पत्ता लगाउन भने सहज छैन । एमनेस्टी इन्टन्र्याश्नलले विगत केही वर्षमा समलिङ्गीलाई मृत्युदण्ड नदिइएको बताएको छ । तर, इरान र साउदी अरबमा समलिङ्गीलाई मृत्युदण्ड दिइएको इतिहास छ । नाइजेरियाको मुस्लिमबाहुल्य उत्तरी प्रान्तहरूमा त्यस्तो व्यवस्था भएपनि त्यो कहिल्यै लागु गरिएको छैन ।

ब्रुनाईमा पहिले पनि समलैङ्गिकता गैरकानुनी थियो र यसको सजाय १० वर्ष कैद थियो । नयाँ कानुनले महिलाबीचको समलिङ्गी सम्बन्धलाई पनि गैरकानूनी मानेको छ । यसको सजाय ४० कोर्रा वा १० वर्ष जेल वा दुवै रहेको छ । आईएलजीएको अनुसार संसारका ७० देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी रहेको छ । रुससहित अन्य देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी नभएपनि केही कानुनी बन्देज लगाइएका छन् । सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई गैरकानूनी बनाउने कानुनी प्रावधानहरू खारेज गरेको थियो ।

केही देशमा समलिङ्गी सम्बन्धलाई अवैधानिक बनाउने कानूनविरुद्ध अदालतमा चुनौती दिइएको छ । केन्यामा सर्वोच्च अदालतले मे २४ मा समलिङ्गी सम्बन्धलाई मान्यता दिने सम्बन्धमा फैसला दिँदैछ बोत्स्वानामा यो वर्ष सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धका बारेमा फैसला दिनुपर्नेछ । जमैकामा समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानूनलाई चुनौती दिइएको छ । संसारका २६ देशमा समलिङ्गी विवाह गर्न पाइन्छ । समलिङ्गी विवाहको परिभाषा भने फरक हुनसक्छ ।

उत्तरी आयरल्यान्डमा त्यस्तो विवाह गैरकानूनी छ, तर यूकेमा वैधानिक मान्यता छ । कोस्टा रिकाको सर्वोच्च अदालतले हालै समलिङ्गी विवाहलाई वैध घोषणा गरेको छ । ब्राजिल र मेक्सिको पनि आईएलजीएको सूचीमा छन्। किनभने त्यहाँ कुनै न कुनै तरिकाले वैध रूपमा समलिङ्गी विवाह गर्न सम्भव छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्