सुनेको….
धैर्यताको फल मीठो हुन्छ भन्ने ,
आज , पर्खाइको पिडा अनुभव गरेँ ।
चौबाटोमा बस्दा पीपलको चौतारीमा
म आफू आएको बाटो बाहेक
अरु तीन दिशातिर , अनि
पुग्ने भनिएको स्थानमा हेर्दाहेर्दै
घाँटी , परेली अनि टाउको
एकसाथ घुम्थे ।
समय….
त्यो हेर्न मन नै लागेन ।
पछि ऊनी आएपछि ऊनीसँग
“ एकछिन मै पुगीहाल्छु ल ।”
भन्दै राखेको फोन कलको समय
ऊनीसँगै हेरौँला भनेर ।
हेरिरहेँ….
जता जता जता जता जता ताजको पहिरन
रंगीन रमझम , अनि ताजमहल जत्रा
राजधानीका बडे बडे महल देखिन्थे ।
र देखिन्थे ऊनी जस्तै हिडाइँ
देखावट र लत्ता कपडामा सजिएकाहरु
जस्ले मेरो मृगतृष्णा अझै
टाढा पुगाउन उन्नत हुन्थे ।
जोगिन….
पैले मैले चिनेकाहरुको हेराइबाट
म सँगको रेबन डाइमण्डको कालो चस्मा
लगाउने मन नलागेको कहाँ हो र ?
तर ,मेरो मनले सायद बझ्यो होला
पर्खाइ त मेरो ऊनीसँग मात्र थियो
बाँकी सबै त केबल बटुवा पो हुन् ।
रचना अनि कल्पनासँग विपना मिल्ने भए ,
सायद यो मीठो रचना
तिम्ले पढ्न र सन्न
पाउने नै थिएनौ नि लाटी ।
पुष्प राज ओझा
गो.न.पा.-१, अत्तरिया , कैलाली
सम्पर्कः ९८४८५२९६११
इमेलः puspaojha18@gmail.com
फेसबुक : www.facebook.com/puspaojha