कैदीबन्दीसँग साहित्यकार

polic
लाेकपाटी न्यूज

सुर्खेत, २३ चैत । कर्णाली प्रदेशमा पहिलो पटक कैदीबन्दी र लेखकबीच पुस्तक विमर्श गरिने भएको छ । स्थानीय साहित्यकार र प्रतिष्ठीत व्यक्तिहरुलाई कारागारमा बोलाएर जीवन सुधारका लागि अन्तरक्रिया गरिने भएको हो ।

यो अभ्यास कर्णालीका कारागारमा सम्भवत् पहिलो पटक हो । पुस्तकालयलाई औपचारिक रुपमा संचालनसँगै प्रहरीले कैदीसँग साहित्यकार अभियान पनि सुरु गरिनेछ । देशका प्रतिष्ठीत १५ जना वरिष्ठ साहित्यकारहरुले पहिलो पटक कैदीबन्दीसँग अन्तरिक्रिया भर्ने भएका छन् । जसका लागि प्रदेश प्रहरीले साहित्यकार र जिल्ला कारागारबीच समन्वय गरेको छ ।

पुस्तकालय उद्घाटन सँगै वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली जिल्ला कारागार सुर्खेत आउने छन् । निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी दैलेख कारागार पुग्ने छन् । सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाले कैदीबन्दीसँग विमर्श गर्ने तालिका प्रहरीले सार्वजनिक गरेको छ ।

उपन्यासकार अर्चना थापा र सुविन भट्टराई जाजरकोट कारागार पुग्ने छन् भने उपन्यासकार युग पाठक कालिकोट आउने छन् । जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तरक्रिया गर्दैछन् ।

कारागारलाई सुधार गृह बनाउने उद्देश्यले कर्णालीका कारागार भित्र पुस्तकालय, साहित्यीक जमघट शुरु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका १० जिल्लामा रहेका कारागारमा पुस्तकालय स्थापना गरेको हो । कारागारमा पुस्तकालय स्थापना भएसँगै प्रहरीले साहित्यकार र लेखकहरुसँग कैदीबन्दीको अन्तरक्रिया गराउने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्