ओलम्पिक फुटबल छनोट : नेपाल भारतसँग पराजित

Nepal-Women-Team-12019-04-05
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । म्यानमारमा जारी ओलम्पिक छनोट फुटबलको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । समूह ए को पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजय भोगेको नेपाल आज भारतसँग ३–१ ले पराजित भयो ।

जित्नैपर्ने दबाबमा रहेको नेपाल पराजित भएसँगै तेस्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । म्यानमारस्थित मन्डलार थिरि रंगशालामा पहिलो हाफमा १–१ को बराबरी खेलेको नेपाल दोस्रो हाफमा २ गोलको शिकार भयो । भारतले १ गोल पेनाल्टी र १ गोल फ्रिकिक मार्फत गर्दै जित सुनिश्चित गर्दा नेपालले अवसर सदुपयोग गर्न सकेन् ।

खेलको ५९ औं मिनेटमा फ्रिकिक गोलमार्फत २–१ अग्रता लिएको भारतले ७७ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपाली खेलाडीले गरेको फाउलमा प्राप्त पेन्नाल्टी सदुपयोग गर्दै भारतले ३–१ को जित निकालेको हो । त्यसअघि पहिलो हाफमा नेपालले बराबरी खेलेको थियो । पाँचौं मिनेटमा भारतले लिएको अग्रता नेपालले १ मिनेट बित्न नपाउँदै बराबरी गरेको थियो । सावित्रा भण्डारीको पासमा कप्तान निरु थापाले गोल गरेकी थिइन् । तर, दोस्रो हाफमा गोलका अवसर सृजना गरेपनि नेपालले सदु्पयोग गर्न सकेन ।

नेपाल समूह ए को पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ३–१ ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्