पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रीय व्यक्तिसंग भेटघाट होला। मिष्ठान्न भोजन मिल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ। मनमा सङ्का उत्पन्न हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा मन जाला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला। वैदेशिक कार्य अघी बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय छ। पारिवारीक झमेला आउला। कुविचारमा मन जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभ–अशुभ समाचार सुनिएला। लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। मित्र संग मीठो भेट–घाट रहला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। प्रेमीको सहयोग पाईनेछ। नयाँ कामको थालनी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। जोश,जागर बढ्ला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विवादमा विजयी होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला। चिन्ता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। शत्रु पराजित हुनेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। धार्मिक यात्राको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। व्यापार व्यवसायमा फाईदा होला। वाहान सुख मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्