काठमाडौं, २४ चैत। ‘सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित क्षेत्रका बासिन्दा चिउरा, चाउचाउ, बिस्कुट, भुजा खाएर छाक टार्दैछन्।
दाल,चामल भए पनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन्,’। आजको कान्तिपुर दैनिकल बारा,पर्साका आँधीपीडितको समस्यालाई प्रस्तुत गरेका छ। बाराको फेटा गाउँपालिकाका आँधीपीडित चटपटेको भरमा जीवन गुजारिरहेको लेखेको छ।
विनाशकारी हावाहुरीबाट बारा, पर्सा गरी २७ जनाको मृत्यु भएको, ६७६ जना घाइते भएको र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ।