‘एक वर्षमा २ सयभन्दा बढी कानून बनायाैं’ : मन्त्री ढकाल

Bhanubhakta Dhakal
लाेकपाटी न्यूज
0 Shares

चितवन, २४ चैत। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद् गठन भएको एक वर्षभित्र करीब २ सय बढी कानून बनाउने काम सम्पन्न भएको बताएका छन्। संविधान र सङ्घीयता अनुकूल बनाउनुपर्ने २ सय बढी कानून बनाउने काम सम्पन्नको हो।

आइतबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताए। उनले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिए।

“जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका छन्”, मन्त्री ढकालले भने, “देवानी र फौजदारीसँग सम्बन्धित ऐन अघिल्लो वर्षमा पास गरे पनि यसै वर्षबाट कार्यान्वयनमा आएको छ।”

मन्त्री ढकालले धेरै विषय सर्वभौम संसद्को समिति र संसद्मा रहेका र छिटफुट विधेयक पनि अन्तिम तयारीमा रहेको जानकारी दिए। सङ्घीयताको नयाँ अभ्यास भएकाले संविधान र सङ्घीयताअनुरुप बनाउनुपर्ने कानूनले प्रभामिकता पाउनु स्वाभाविक रहेको उनको भनाई छ।

पछिल्लो समय अन्तर प्रदेश परिषद् बैठकबाट कानून निर्माणको सन्दर्भमा कसरी जाने भन्ने विषयमा मूल खाका बनाइएको मन्त्री ढकालले बताए। प्रदेश लोकसेवा र भूउपयोग नीतिलगायत सम्बन्धित ऐन पास भइसकेको भन्दै उनले प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माणका लागि केन्द्रका तर्फबाट मार्गप्रशस्त गरेको समेत स्पष्ट पारे।

संसद्ले काम नगर्दा पनि सरकारमा गएर ठोकिने गरेको भन्दै उनले सबै कानून कानून मन्त्रालयमा नबन्ने र अधिकांश सम्बन्धित मन्त्रालयमा बन्ने बताए। मन्त्रालयले निर्माण गर्ने कानूनको समन्वय र सहजीकरण कानून मन्त्रालयले गर्ने उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्