चितवन मेडिकल कलेजमाथि कारवाही हुन्छ : स्वास्थ्यमन्त्री यादव

Upendra Yadav
लाेकपाटी न्यूज

चितवन, २४  चैत। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विद्यार्थीबाट अवैध शुल्क लिने चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुलाई कारवाही हुने बताएका छन्। चितवन मेडिकल कलेजको कार्यक्रममा सहभागी हुन आइतबार चितवन गएका स्वास्थ्यमन्त्री यादवलेयस्तो बताएका हुन्।

चितवनको भरतपुर विमानस्थलमा चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुले विद्यार्थीबाट अवैध शुल्क उठाइरहेका छन् नि ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानविन हुन्छ।

सरकारको मापदण्ड अनुसार सबै मेडिकल कलेज चल्नुपर्ने बताए। उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग कुरा गर्ने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्