नेपाली आकाशमा नयाँ हेलिकप्टर भित्रियो

New
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत। नेपाली आकाशमा नयाँ हेलिकप्टर थपिएको छ। पर्यटन व्यवसायमा संलग्न व्यवसायीले स्थापना गरेको अल्टिच्यूड एयरले नयाँ हेलिकोप्टर नेपालमा भित्र्याइएको छ।

साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीले स्थापना गरेको हेलिकोप्टर भित्र्याइएको हो। एयर बस कम्पनीले सबैभन्दा पछिल्लो प्रविधिद्धरा निर्मित एयर बस एच–१२५ बी ३ ई नामको ६ सिटे हेलिकप्टर मलेसिया, थाईल्याण्ड, म्यानमार, बंगलादेशहुँदै बुधबार काठमाडौं आईपुगेको हो।

कम्पनीले यसअघिनै दुई हेलिक्पटर ल्याईसकेको बजार प्रमुख सिताराम सापकोटाले जानकारी दिए। ६ यात्रु र एक जना पाइलट बस्न मिल्ने सिट भएको यो हेलिकप्टरको लागत मुल्य ३५ करोड रुपैयाँ रहेको छ।

केही दिन भित्रै नेपाली आकासमा काठमाडौं भित्रिएको नयाँ हेलिकप्टरले नियमीत उडान भर्ने बजार प्रमुख सापकोटाले बताए।  ‘यो हेलीले २२ हजार फिटसम्म सहजै उडान भर्न सक्छ।

हाई अल्टिच्यूड उद्धार, पर्यटकीयस्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि समेत उपयोगी हुनेछ,’ बजार प्रबन्धक सापकोटले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्