पचास लाखको लागूऔषध बरामद

hatkadi-pakrau
लाेकपाटी न्यूज

बाँके, २५ चैत। भारतको सीमावर्ती क्षेत्र रुपइडिहामा ठूलो परिमाणको लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन्।

रुपइडिहास्थित भारतीय पुलिस र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले आइतवार बिहान बाँके, खजुरा गाउँपालिका–२ का रामबहादुर परियारलाई ५० लाख रुपैयाँ बराबरको स्म्याकसहित पक्राउ गरेको हो।

रुपइडिहास्थित रोडवेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले मोटरसाइकलको हेडलाइटभित्र लुकाइराखेको ५० ग्राम स्म्याक बरामद भएको भारतीय प्रहरीले जनाएको छ। बरामद स्म्याकको मूल्य करिब ५० लाख रुपैयाँ पर्ने भारतीय प्रहरीले जनाएको छ।

भारतमा लोकसभाको चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ। जाँचमा कडाइ गरेसँगै एक साताभित्र भारतीय प्रहरीले करिब दुई करोड बराबरको लागूऔषध बरामद भएको जनाएको छ। (छापाबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्