काठमाडौ, २५चैत। चीन र भारतबीच भित्री सम्बन्ध खासै राम्रो छैन्। यी दुई देश सैनिक, हतियार, व्यापार लगायतका कुराहरु निकै प्रतिष्पर्धा गर्छन्।
सीमालाई लिएर पनि बेला बेलामा यी दुई देशबीच बिवाद हुने गरेको छ। यता जैस ए मोहम्म संगठनका मुखिया मसूद अजहरलाई आतंककारी घोषित गर्ने भारतको सपनामा चीनले पुनः घात गरेपछि भारत चीनसंग रुष्ट छ।
त्यतीमात्र होईन चीनले पाकिस्तानलाई आर्थिक सहायता गर्दा पनि उ असन्तुष्ट छ। भारतले चीनलाई पाकिस्तानलाई आर्थिक सहयोग दिएर आंतकवादलाई संरक्षण गरिरहेको आरोप लगाउँछ। यसबीचमा चीनले गरेको एक निमन्त्रणा भारतले अस्वीकार गरेको छ।