दलाइ लामा अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

Dalai lama
लाेकपाटी न्यूज

काठमाडौं, २७ चैत । तिब्बती धर्मगुरु दलाइ लामा भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य अवस्थामा सुधार नआएपछि भारतको राजधानी दिल्लीस्थित अस्पतालमा भर्ना गरिएको हो ।

उनको छातीमा संक्रमण भएको लामाको स्वास्थ्य अवस्थामा त्यति सुधार नभएको र स्थीर रहेको बताइएको छ ।लामाका निजी सहयोगी तेन्जिन तक्ल्खाले असहज महसुश गरेपछि धर्मशालाबाट दिल्ली लगिएको बताएका छन्। ८३ वर्षीय लामा विगत ६० वर्षदेखि भारत निर्वासनमा रहँदै आएका छन्।

‘चिकित्सकहरुले उहाँको छातीमा संक्रमण भएको पत्ता लगाएका छन र त्यसको उपचार भैरहेको छ’ तक्ल्खाले भने, ‘उहाँका स्वास्थ्य अवस्था अहिले स्थीर छ। थप दुई तीन दिन उहाँको उपचार हुने छ।’ लामालाई कसले प्रतिस्थापन गर्छन भन्ने विषयमा अस्पष्ट र विवादित रहेको छ । उनले लामाको उत्ताराधिकारी चिनियाँ नेताहरुले छनोट गर्ने बताएका छन्।

लामाले चीनले छानेको उत्तराधिकारीलाई तिब्बतीहरुले स्वीकार नगर्ने बताउँदै आएका छन्। उनले तिब्बतमा नभएर अन्य स्थानमा पनि आफ्नो उत्तराधिकारी हुनसक्ने बताएका छन्। तिब्बती बौद्ध धर्मावलम्बीहरुले सबैभन्दा ठूलो धर्मगुरुको पुनर्जन्म बालकको रुपमा हुने गरेको विश्वास गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्