‘मोदी फेरि प्रधानमन्त्री बने शान्ति वार्ता हुन्छ’ : इमरान खान

imran-Khan
लाेकपाटी न्यूज

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुन: मोदी प्रधानमन्त्री बने शान्ति वार्ता हुने सम्भावना बलियो रहेको बताएका छन् ।

भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बने पाकिस्तान र भारतबीच शान्ति वार्ता हुने सम्भावना उच्च रहेको उनले बताएका हुन् । विदेशी पत्रकारहरुसँगको कुराकानीमा इमरानले भारतको आम चुनावमा भारतीय जनता पार्टीले चुनाव जितेर मोदी प्रधानमन्त्री बने शान्ति वार्ता गर्न सहज हुने बताए । विपक्षी पार्टी कांग्रेस सत्तामा आए शान्ति वार्ता गर्न अप्ठ्रो हुने उननको संकेत थियो । उनले भने, ‘कांग्रेस पाकिस्तानसँग डराएको हुनसक्छ ।’

भारत र पाकिस्तानबीच कास्मिरमा हुने गतिविधीका कारण विवाद हुँदै आएको छ । पाकिस्तानस्थित आतंकवादी समूहले कास्मिरमा आक्रमण जारी राखिरहँदा भारतले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । पाकिस्तान भारतको आरोपलाई अस्वीकार गर्छ।

पाक प्रधानमन्त्री खानले कास्मिर विवादबारे भारतसँग शान्ति हुन सके दुवै देशका लागि महत्वपूर्ण उपलब्धि हुने बताएका हुन्। गत फेब्रुवरी र मार्च महिनादेखि भारत र पाकिस्तानको सम्बन्ध निकै विग्रिएको छ । खानले कास्मिर मुद्धा सुल्झाइनुपर्ने र त्यो अहिलेजस्तै सधैं रहिरहन नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्