नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

Netanihau
लाेकपाटी न्यूज

काठमाडौं,  २७ चैत। इजरायलमा भएको निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दलले बढी सीट जितेको छ। यद्यपि, मतदानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि इजरायलमा गठबन्धन सरकार बन्दै छ।

प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उनी फेरि अर्थात पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ। त्यसका लागि उनले साना दलसँग सहकार्य गर्नुपर्ने छ।

भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय नेतान्याहूमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो। १२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहूको पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थान जितेका छन्।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो। तर दुबै पार्टीले स्पष्ट बहुमत पाउन सकेनन।लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थनमा सरकार बनाउने देखिन्छ।

प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन। तर ब्लू एण्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिएका छन। (एजेन्सीहरु)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्